रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको निशुल्क स्वास्थ्य शिविर सम्पन्न
पाेखरा | भदौ १२, २०७९
पोखरा । रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
‘कुशे औँसी र हरितालिका तीजको अवसरमा पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
क्लबको अध्यक्ष डिम्पल क्षेत्रीले सो शिविरमा ६० बढी अभिभावकले शिविरबाट लाभ लिएको जानकारी दिइन् । उनका अनुसार सो शिविरमा क्लबमा आवद्ध कर्मचारीहरुको अभिभावकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
उनले अभिभावकहरुको रक्तचाप, सुगर तथा छाला सम्बन्धि जाँच गरिएको बताइन् । ‘विशेषत हामिले रोट्रयाक्ट क्लबसँग आबद्ध कर्मचारीहरुको अभिभावकहरुलाई प्राथमिकतामा राखेर निशुल्क स्वास्थ्य परिक्षण गरेका हौं, उनले भनिन्, ‘यसको लागि हामीलालाई प्राविधिक रुपमा डाइग्नोस्टिक रिसर्च सेन्टरले सहयोग गरेको थियो ।’
विगत सन् २००७ सालमा स्थापना भएको सो क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउदै विभिन्न अस्पतालहरुको समन्वयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिसकेको समेत जानकारी दिएकी थिइन् ।
‘स्वास्थ्य सेवाबाट बञ्चित भएका बालबालिका तथा अभिभावकहरुको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरि उपचार गरिने पश्चिमाञ्चल डाइग्नोस्टिकका अध्यक्ष पुरुषेत्तम सुवेदीले बताए ।’ उनले भने, ‘आज हामि पोखरा फिस्टेलसँग सम्बन्धित रहेर उहाँहरुको अभिभावकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिरहेका छौँ ।’
यस पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालीले बाझोपना, थाइराइड, हेपाटाइटिस, बाथरोग, मधुमेह, कलेजो, मृगौला, मुटुरोग तथा रगत, दिशा, पिसाब, खकार, विर्यसम्बन्धि जाँच तथा भिडियो एक्सरेको माध्यमद्वारा सेवा प्रदान गर्दै आइरहेको छ ।


काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

